काठमाडौं । आज शनिबार अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलरसहित अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर घटेको हो ।
केही दिनदेखि घट्दै आएका अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारको मूल्य हिजो केही बढेको हो। आज फेरि सबैजसो मुद्रा सस्तिएका हुन्।
आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
आज युरोपियन युरो १ को खरिददर १४६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६३ पैसा छ। हिजो युरो १ को खरिददर १४७ रुपैयाँ ७० पैसा र बिक्रीदर १४८ रुपैयाँ ३५ पैसा थियो।
पाउन्ड स्टर्लिङ १ को खरिददर १७६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७७ रुपैयाँ १९ पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९५ पैसा थियो।
अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ८६ र बिक्रीदर ८६ रुपैयाँ २४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४६ र बिक्रीदर ८६ रुपैयाँ ८३ पैसा थियो।
आज कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ थियो।
बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८६ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।