काठमाडौं । सानिमा बैंकले २०८१ चैत्र ४ देखि चैत्र १० गतेसम्म ग्लोबल मनि वीक २०२५ अभियान अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
सातै प्रदेशमा रहेका बैंक शाखाहरु मार्फत यस वर्षका लागि तय गरिएको ‘थिंक बिफोर यू फलो, वाइज मनि टुमरो’ नारा लाई टेवा पु¥याउने गरी विभिन्न स्कुल तथा कलेजहरुमा विद्यार्थीहरु माझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरिएकोे छ ।
बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरु मार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
सानिमा बैंकको सातै प्रदेशमा १३४ कार्यालयहरु र १२६ ए.टि.एम सञ्जालहरु संचालनमा छन् ।