अमेरिकी डलरको भाउ स्थिर

काठमाडौं । आज आइतबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर स्थिर छ ।

यी मुद्रा शनिबार जुन मूल्यमा किनबेच भएका थिए, आज पनि सोही मूल्यमा किनबेच हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । विगत केही दिनदेखि सबै विदेशी मुद्राको विनियमदर घटिरहेको छ ।

आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा छ । हिजो पनि अमेरिकी डलरको कारोबार यही मूल्यमा भएको थियो ।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

आज युरोपियन युरो १ को खरिददर १४८ रुपैयाँ ८० पैसा र बिक्रीदर १४९ रुपैयाँ ४५ पैसा छ।

आज पाउन्ड स्टर्लिङ १ को खरिददर १७७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४५ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३६ र बिक्रीदर ८६ रुपैयाँ ७३ पैसा छ । कुवेती दिनार १ को खरिददर ४४५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४४७ रुपैयाँ ३९ पैसा छ।

आज बहराइन दिनार १ को खरिददर ३६४ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७१ पैसा छ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

हिजो बहराइन दिनार १ को खरिददर ३६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ४०पैसा थियो।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

हेडलाइन्स