काठमाडौं । नेपाल बैंकर्स संघ, वागमती प्रदेश (चितवन) समितिले हरेक वर्ष राष्ट्र बैंकको संयोजनमा मार्च १७ देखि २३ सम्म साताव्यापी रुपमा मनाइने ग्लोबल मनी विक-२०२५ ‘Think before you follow, wise money tomorrow’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमहरु आयोेजना गरी मनाएको छ ।
यसै सन्दर्भमा उक्त कार्यक्रममा क, ख, ग वर्गका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा युवा वर्गमा वित्तीय साक्षरता र सचेतना बढाउने उद्देश्य सहित आज एक बृहत ¥याली आयोजना गरिएको छ ।
यसका साथै वित्तीय साक्षरताको प्रबद्र्धन र पहुँच विस्तार सँगै वित्तीय सेवाका आधारभूत पक्षवारे सचेतना अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरु पनि आयोेजना गरिएको थियो ।
बढ्दो डिजिटल प्रविधिको प्रयोग, त्यसले निम्ताएको चुनौतीको सामना गर्नको साथै अहिलेको युवा पुस्ताको वित्तीय चेतना अभिवृद्धि गर्न यस्तो कार्यक्रमहरू महत्त्वपूर्ण हुने गरेका छन् । Organization for Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ ।
यस अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब छ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको OECD ले जनाएको छ ।