अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं । आज बुधबार अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलरसहित पाउन्ड, कुबेती र बहराइन दिनारलगायतका विदेशी मुद्राको विनियमदर घटेको हो । अस्ट्रेलियन डलरसहितका केही मुद्रा भने महँगिएका छन्।

आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ २२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

आज युरोपियन युरो १ को खरिददर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७८ पैसा छ। हिजो युरो १ को खरिददर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७७ पैसा थियो।

पाउन्ड स्टर्लिङ १ को खरिददर १७९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८० रुपैयाँ २७ पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५६ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०५ र बिक्रीदर ८८ रुपैयाँ ४३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा थियो।

आज कुवेती दिनार १ को खरिददर ४४८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४५० रुपैयाँ ७६ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४५० रुपैयाँ १० पैसा र बिक्रीदर ४५२ रुपैयाँ ०५ पैसा थियो।

बहराइन दिनार १ को खरिददर ३६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६८ रुपैयाँ २३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २३ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

हेडलाइन्स