कुमारी बैंकको २ लाख ८७ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडको २ लाख ८७ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको २ लाख ८७ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

बैंकले आज एक सूचना जारी गर्दै आम सर्वसाधारणका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।

यसअघि बैंकको विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्री आवेदन खुलाइएकोमा कुनै आवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्न लागिएको बैंकले सूचनामा उल्लेख गरेको छ ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

 

प्रतिक्रिया

हेडलाइन्स