अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं । आज मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलरसहित युरो, कुबेती र बहराइन दिनारको विदेशी मुद्राको भाउ घट्को छ।

अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्रा भने महँगिएका छन्।

आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा छ। दुई दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो।

हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा थियो।

आज युरोपियन युरो १ को खरिददर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७७ पैसा छ। हिजो युरो १ को खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७८ पैसा थियो।

पाउन्ड स्टर्लिङ १ को खरिददर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५६ पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८० रुपैयाँ ४२ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २१ पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४५० रुपैयाँ १० पैसा र बिक्रीदर ४५२ रुपैयाँ ०५ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४५० रुपैयाँ ८७ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ८२ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रुपैयाँ ०७ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

हेडलाइन्स