काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनरको लागि सिफरिस समिति बनेको छ । सरकारले नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर चयन प्रक्रियालाई अघि बढाएको हो ।
अर्थमन्त्री विष्णु पौडेलेको नेतृत्वमा पूर्व गभर्नर बिजयनाथ भट्टराई र योजना आयोगको पूर्व उपाध्यक्ष विश्वनाथ पौडेल सदस्य रहने गरि सिफारिस समिति बनेको हो ।
गभर्नर नियुक्तिको लागि एक जना पूर्व गभर्नर र एक जना आर्थिक, मौद्रिक, वित्तीय वा व्यवस्थापन क्षेत्रका विज्ञमध्ये अनिवार्य रहनुपर्ने छ ।
एमालेका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल रहेपनि सदस्यहरुमा भने दुबै जना नेपाली कांग्रेसका रहेका छन् ।
नेपाली कांग्रेसले पनि भागबण्डामा राम्रै भूमिका खेलेको छ ।
गर्भनर समेत आफूनिकटको व्यक्ति हुनुपर्ने माग राख्दै आएको छ ।
यद्दपि गभर्नरको लागि भने १० जना भन्दा बढि लविइङमा रहेका छन् ।