काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब साढे ६१ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
मंगलबार, स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा, बैंकको ६.५० प्रतिशतले हुन आउने कुल ६१ लाख २१ हजार १४५ कित्ता सेयर सूचीकृत भएको छ ।
उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।