कामना सेवा विकास बैंकको १ लाख ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।

बैंकको १ लाख ११ हजार ४५३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको हो।

उक्त सेयर किन्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया

हेडलाइन्स