काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको १ लाख ३९ हजार ९८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।
उक्त सेयर हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको हो। सेयर किन्न इच्छुक सेयरधनीले आगामी ३५ दिन भित्र आफूले किन्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
तोकिएको म्याद भित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ।