घट्यो बैंकको लोन लस प्रोभिजन, के अब बैंकको आम्दानी बढ्दैछ ?

काठमाडौं । बैंक ताथ वित्तिय संस्थाले कर्जाको ‘रिक्स व्यवस्थापन’को लागि छुट्याउने सिमित रकम अर्थात् लोन लस प्रोभिजन घटेको छ । विशेष गरि वाणिज्य बैंकहरुले छुट्याएको त्यसप्रकारको रकम घटेको हो ।

ती छुट्याएको रकम पछि बैंकको आम्दानी मै गणना हुन्छ । यो अर्थमा लोन लस प्रोभिजन घट्दै जाने र बैंकको नाफामा समेत वृद्धि हुँदै जाने विश्वास समेत रहेको छ ।

चालू आर्थिक वर्षको ६ महिना अवधीमा लोन लस प्रोभिजन २ खर्ब ४३ अर्ब २० करोड रुपैयाँ रहेकोमा ७ महिनामा २ खर्ब ४२ अर्ब ९८ करोड रुपैयाँ प्रोभिजन गरेका हुन् ।

यस अर्थमा केहि हदसम्म बैंकको कर्जा रिकभरी देखिएको छ । जति कर्जा वृद्धि हुँदै जान्छ त्यति प्रोभिजन समेत गर्दै जानुपर्ने हुन्छ ।

कुन बैंकको कति छ लोन लस प्रोभिजन ?

७ महिना अवधीमा कुमारी बैंकले ७ अर्ब १९ करोड रुपैयाँ छुट्याएको छ । इन्भेष्टमेन्ट मेगा बैंकको ६ अर्ब ६ करोड रुपैयाँ छुट्याएको छ ।

लक्ष्मी सनराइजले ३ अर्ब ६२ करोड, एनआईसी एसिया बैंक ३ अर्ब ४९ करोड रुपैयाँ ३ अर्ब ३२ करोड र एनएमबी बैंकले ३ अर्ब १५ करोड, नबिल बैंक२ अर्ब १२ करोड रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब २७ करोड, प्रभु बैंकले २ अर्ब ६२ करोड, कृषि विकास बैंकले २ अर्ब ४५ करोड, सिटिजन्स बैंकले १ अर्ब ९५ करोड, ग्लोबल आईएमई बैंकले १ अर्ब ९५ करोड, सानिमा बैंकले १ अर्ब ६२ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ८ करोड, नेपाल बैंकले ५६ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ११ करोड, एभरेष्ट बैंकले ३४ करोड, माछापुच्छ्रे बैंकले ६५ करोड र प्राइम बैंकले ९८ करोड रुपैयाँ लोन लस प्रोभिजन देखिएको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स