यस्तो आज अमेरिकी डलरको भाउ

काठमाडौं । आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर, बहराइन दिनारसहित कतिपय विदेशी मुद्राको विनियमदर भने हिजोकै यथावत छ।

आज अस्ट्रेलियन डलर, पाउन्डसहितका केही विदेशी मुद्राको मूल्य बढेको छ । तर, कुबेती दिनार, युरोसहितका केही मुद्राको मूल्य भने घटेको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १ सय ३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ३० पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

आज युरोपियन युरो १ को खरिददर १ सय ५० रुपैयाँ २६ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ ९१ पैसा कायम भएको छ। हिजो युरोपियन युरो १ को खरिददर १ सय ५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ १४ पैसा थियो।

पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७९ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ७९ रुपैयाँ ९५ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा थियो।

कुबेती दिनार १ को खरिददर ४ सय ५० रुपैयाँ ११ पैसा र बिक्रीदर ४ सय ५२ रुपैयाँ ०५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४ सय ५० रुपैयाँ २५ पैसा र बिक्रीदर ४ सय ५२ रुपैयाँ २० पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३ सय ६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३ सय ६९ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनारको विनियमदर यही थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

 

प्रतिक्रिया

हेडलाइन्स