स्मार्ट युवामा केन्द्रित सिटिजन्स बैंकको स्मार्ट बचत

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले प्रविधिलाई आत्मसाथ गर्दै अघि बढेको बैंक हो । बैंक तथा वित्तिय क्षेत्र प्रयोग गर्न सकिने प्रविधिद्वारा यस बैंकले जहिले पनि ग्राहकलाई सुविधा दिन तत्पर हुँदै आएको छ ।

बचतमा होस् वा कर्जामा नै किन नहोस् प्रविधिमैत्री व्यवस्था बनाएको छ । अझै भुक्तानी र रेमिट्यान्समा त यस बैंक निकै अघि बढेको देखिन्छ ।

पछिल्लो समय यस्तै प्रविधिमैत्री एक स्किम जारी गरेको छ । जसको नामाकरण बैंकले ‘सिटिजन्स स्मार्ट बचत खाता’ गरेको छ ।

बैंकका डिपोजिट मार्केटिङ विभाग प्रमुख पारसविक्रम थापाका अनुसार यसलाई प्रविधिलाई अघि सार्दै ल्याइएको ‘ग्रिन प्रोडक्ट’को रुपमा समेत यसलाई हेर्न सकिन्छ ।

उनी भन्छन्, ‘यस खाता खोल्दा पाउने धेरै सुविधाहरु रहेका छन् । तर बैंक स्टेटमेन्ट र चेक भने पाइदैन ।’
यस खातामा कागजहरु रहने सुविधाहरु भने नदिने भनिएको हो । त्यसमा पाइने मुख्य सुविधा भनेको मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ र कार्डहरु प्राप्त गर्न सकिन्छ ।

कार्डबाट ३ लाख २० हजार रुपैयाँसम्म कारोबार गर्न सकिन्छ । क्यास नै १ लाख रुपैयाँसम्म निकाल्न पनि मिल्छ । इन्टरनेट बैंकिङबाट ५० लाखसम्मको कारोबार गर्न सकिन्छ ।

अहिले जहाँ जसरी कारोबार गरे पनि क्युआर गर्न सकिने अवस्था छ । त्यसकारणले बैंकिङ कारोबार गर्न कुनै समस्या नै आउने देखिदैन ।

तर यसको प्रयोग कसले धेरै गर्न सक्छन् भन्ने विषय हुन्छ ।

त्यसकारणले यो बचत खाता मुख्यगरि स्मार्ट व्यक्तिहरुको लागि केन्द्रित देखिन्छ । हुन त यस बैंकले यस प्रकारको प्रोडक्टको कन्सेप्ट ल्याएको धेरै नै भयो तर पनि पछिल्लो यसलाई प्राथमिकतामा राखेर बैंक अघि बढेको छ ।

विशेष गरि पछिल्लो पुस्ता एवम् प्रविधि मैत्री भएर कारोबार गर्नेहरुलाई बढि लक्षित गरिएको छ । युवावर्ग तथा प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गरिएको बैंकको भनाई छ । युवाहरु प्रविधिमैत्री हुनाले यस बैंकले युवालाई केन्द्रित गरेको छ ।

यद्दपि यस बैंकको यो स्किममा उमेरहद नै भने तोकिएको छैन । यो यस्तो स्किम हो, सर्वसाधारणहरुले बीना शुल्क यस खाता खोल्न सक्ने छन् ।

यस निक्षेप योजनाअन्तर्गत व्यक्तिगत ग्राहकले यो खाता बैंकको कुनै पनि शाखामार्फत शुन्य मौज्दातमा खोल्न पाउने थापा बताउँछन् ।

यस खाताअन्तर्गत ग्राहकहरुले निःशुल्क अन्तर शाखा कारोबार, अनलाइन कारोवार गर्न सुरक्षित थ्रीडी सेक्योर प्रविधिमा निःशुल्क दर्ता तथा निःशुल्क डिम्याट खाता खोल्न पाउने जस्ता आकर्षक सुविधाहरु उपलब्ध रहेको बैंकले जनाएको छ ।

यस खाताबाहकहरुले जुनसुकै एटिएम बाट पैसा निकाल्दा शुल्क नलाग्ने बैंकले जनाएको छ । यस बचत खातामा अहिलेको अधिकतम ब्याजदर अर्थात् ४ दशमलव ५ प्रतिशत ब्याज पाउन सकिने छ ।

डिपोजिट मार्केटिङ विभाग प्रमुख थापा भन्छन्, ‘यो खाताको जुन खालको अवधारणामा अघि ल्याइएको छ, अब सबैले यसरी नै अघि बढ्नु नै छ । अर्थात् अब प्रविधि मैत्री भएर नै हिड्नुपर्ने हुन्छ ।’

त्यसकारण नयाँ खाता खोल्न चाहनाहरु सिटिजन्स बैंकको नजिकको शाखामा गएर स्मार्ट बचत खातामा सहभागी भए र स्मार्ट व्यक्तित्व निर्माण गरि हिड्न सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया

हेडलाइन्स