नेपाल एसबिआई बैंक एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्सबाट सम्मानित

काठमाडौं । नेपाल एसबिआई बैंक ‘कर्पोरेट क्लब नेपाल प्रालिद्वारा प्रदान गरिने वाणिज्य बैंक विधा तर्फको ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ ।

उक्त प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा वर्षौदेखि गरेको महत्वपूर्ण योगदानका लागी प्रदान गरिएको बैंकले जनाएको छ । बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कूमार तिवारी र प्रमुख सञ्चालन अधिकृत, विकास आनन्दलाई प्रा.डा. फत्त बहादूर केसी, मूख्य निर्णायकले स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ का अध्यक्ष मोहनराज ओझाको उपस्थितिमा सो अवार्ड प्रदान गरेका थिए ।

उक्त कार्याक्रममा नेपाल सरकारका गृह मन्त्री, रमेश लेखक समेतको उपस्थिति रहेको थियो ।

नेपाल एसबिआई बैंकले विगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रतिक्रिया

हेडलाइन्स