नेपाल बैंकद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५ औं साधारण सभा आह्वान गरेको छ । बैंकले सभा आगामी चैत ६ गते काठमाडौंको हलचोकमा रहेको नेपाल एपीएफ क्लबमा बिहान साढे १० बजे डाकेको हो ।

उक्त सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिेवेदनमाथि छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/८१ को नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरिनेछ ।

सभामा आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने, बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले फागुन २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, फागुन २१ गतेसम्म कायम भएका सेयरधनीहरु मात्रै बैंकको सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रतिक्रिया

हेडलाइन्स