गभर्नर अधिकारीको अन्तिम मौद्रिक नीति संशोधन, चौतर्फी ‘वाच’

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक मौद्रिक समीक्षाको अन्तिम तयारीमा रहेको छ । नेपाल राष्ट्र बैंकले अहिले अवस्थाको मूल्यांकन गर्दै समीक्षा गर्ने तयारी गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत अन्तिममा सकिदै छ ।
त्यसकारण मौद्रिक नीति चलाउने उनको अन्तिम पटकको अधिकार हुनेछ ।
उनले दोस्रो त्रैमासिक समीक्षामा कस्ता विषय समावेश गर्छन् धेरैले ध्यानाकर्षण गरेका छन् ।

बैंकले कर्जा प्रवाह नै गर्न नसकेको अवस्था छ । त्यसलाई मध्यनजर गर्दै बढाउन र प्रोत्साहित गर्ने नीति आवश्यक ठानिएको छ ।

राष्ट्र बैंंकका गभर्नर महाप्रसाद अधिकारी पनि लगानी प्रोत्साहन गर्ने नीति नै आवशयक रहेको बताउँदै आएका छन् ।
पछिल्लो समय उनले दिएका सार्वजनिक अभिव्यक्तिहरु हेर्दा उ मौद्रिक समीक्षले लगानी प्रोत्साहित हुने व्यवस्थाहरु संशोधन गर्न राष्ट्र बैंक चाहिरहेको पनि बुभिन्छ ।

नेपाल राष्ट्र बैंकले ब्याजदरले समेत लगानीकर्ताहरु प्रोत्साहित हुन नसकेपछि ऋणीहरुलाई प्रदान हुने सुविधा थप गर्ने संकेत गरेको छ । र सोहि अनुसार मौद्रिक नीति समीक्षाको तयारी गरेको देखिन्छ ।

पहिलो त्रैमासमा भने नेपाल राष्ट्र बैंकले खासै मौद्रिक नीति संशोधन गरेको थिएन । यो पटक भने केहि बुँदा हेरफेर हुने देखिएको छ ।

लगानी बढाउनेको लागि ब्याजदर मात्रै नभई हौसला हुने नीतिको आवश्यक रहेको माग समेत हुन थालेको छ ।
यसमा कर्जा लिनेहरुको लागि पनि सहजिकरणको माग भैरहेको छ ।

प्रतिक्रिया

हेडलाइन्स