अमेरिकी डलरको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं । आज बुधबार अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलरसहित आज अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहितका विदेशी मुद्राको भाउ बढेको हो । युरोको मूल्य भने घटेको छ। युरोको मूल्य हिजो पनि घटेको थियो।

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ४३ पैसा छ । गएको माघ २५ गते पनि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ३१ पैसा थियो।

आज युरो एकको खरिदर एक सय ४५ रुपैया २७ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९० पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४५ रुपैया ४० पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०३ पैसा थियो।

पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ७१ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५२ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६४ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ २३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६२ पैसा थियो।

कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपैयाँ ८७ पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ ८१ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपैयाँ ४७ पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ ४१ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर तीन सय ६९ रुपैयाँ ९७ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६८ रुपैयाँ ०४ पैसा र बिक्रीदर तीन सय ६९ रुपैयाँ ६३ पैसा थियो।

 

प्रतिक्रिया

हेडलाइन्स