एनआईसी एशिया बैंकको निक्षेप ५८ अर्बले घट्दा इन्भेष्टमेन्ट मेगाको ४१ अर्बले बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा एनआईसी एशिया बैंकको निक्षेप ठूलो अंकले गिरावट देखिएको छ । असार मसान्तसम्ममा ३ खर्ब ६० अर्ब ५४ करोड रुपैयाँ निक्षेप कायम रहेकोमा माघ समान्त अवधी आइपुग्दा ३ खर्ब २ अर्ब ३२ करोड रुपैयाँ पुगेको हो ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुसार प्रभु बैंक र सिद्धार्थ बैंकको समेत निक्षेप गिरावट आएको देखिन्छ ।
७ महिना अवधीमा प्रभु बैंकको निक्षेप ३ अर्बले घटेको छ । असार मसान्तमा ३ खर्ब १२ अर्ब २३ करोड निक्षेप रहेकोमा माघ मसान्त अवधी आइपुग्दा ३ खर्ब ९ अर्ब १६ करोड कायम रहेको छ ।

सिद्धार्थ बैंकको भने करिव १ अर्ब रुपैयाँ मात्रै निक्षेप घटेको देखिएको हो । २ खर्ब ४४ अर्ब रुपैयाँ असार मसान्तमा रहेकोमा २ खर्ब ४३ अर्ब अहिले कामय रहेको छ ।

अन्य सबै वाणिज्य बैंकको निक्षेप वृद्धि देखिएको छ । सबैभन्दा धेरै वृद्धि हुनेमा इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । यस बैंकको असार मसान्तमा ४ खर्ब ६ अर्ब ८० करोड रहेकोमा अहिले ४ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँ पुगेको हो ।

त्यस्तै गरि नबिल बैंकको असार मसान्तमा ४ खर्ब ६८ अर्ब ७६ करोड रुपैयाँ रहेकोमा अहिले भण्डै ५ खर्ब पुगेको अवस्था रहेको छ ।

एमएमबी बैंक पनि धेरै बढ्नेको सूचीमा समावेश छ । यस बैंकको असार समान्तमा २ खर्ब २७ अर्ब १० करोड रुपैयाँ रहेकोमा अहिले २ खर्ब ६१ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

अहिले कुन बैंकको निक्षेप कति छ ?

कृषि विकास बैंक २ खर्ब ५६ करोड

सिटिजन्स बैंक २ खर्ब

एभरेष्ट बैंक २ खर्ब ६१ अर्ब

ग्लोबल आइएमई बैंक ५ खर्ब २९ अर्ब

हिमालयन बैंक ३ खर्ब

कुमारी बैंक ३ खर्ब ६१ अर्ब

लक्ष्मी सनराइज बैंक ३ खर्ब ४७ अर्ब

माछापुच्छ्रे बैंक १ खर्ब ६८ अर्ब

नबिल बैंक ४ खर्ब ९९ अर्ब

नेपाल बैंक ३ खर्ब ४ अर्ब

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ४ खर्ब ४७ अर्ब

नेपाल एसबीआई बैंक१ खर्ब ८२ अर्ब

एनआईसी एशिया बैंक ३ खर्ब २ अर्ब

एनएमबी बैंक २ खर्ब ६१ अर्ब

प्रभु बैंक ३ खर्ब ९ अर्ब

प्राइम कर्मसियल बैंक २ खर्ब ३८ अर्ब

राष्ट्रिय वाणिज्य बैंक ४ खर्ब ४४ अर्ब

सानिमा बैंक २ खर्ब १३ अर्ब

सिद्धार्थ बैंक २ खर्ब ४३ अर्ब

स्ट्याडर्ड चार्डर्ड बैंक १ खर्ब २४ अर्ब रुपैयाँ

प्रतिक्रिया

हेडलाइन्स