काठमाडौं । आज शनिबार अमेकिरी डलरको भाउ सस्तो भएको छ । अमेरिकी डलरको भाउ सस्तो भएपनि अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको भाउ बढेको हो ।
दुई दिन स्थिर रहेको अमेरिकी डलरको भाउ आज घटेको हो। राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २२ पैसा छ।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ३४ पैसा थियो।
यही माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
आज युरो एकको खरिदर एक सय ४५ रुपैया ०७ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ७० पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ५६ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ १९ पैसा थियो।
पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ १५ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ०२ पैसा थियो।
आज अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २० पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३२ पैसा थियो।
कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपैयाँ ५० पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ ४४ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपैयाँ ३२ पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ २६ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपैयाँ ७८ पैसा र बिक्रीदर तीन सय ६९ रुपैयाँ ३७ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६८ रुपैयाँ १० पैसा र बिक्रीदर तीन सय ६९ रुपैयाँ ६९ पैसा थिया