६ महिनामा बैंकले गरे कर्मचारीमा ३२ अर्ब ३५ करोड खर्च

काठमाडौं । बैंक वित्तिय संस्थाका कर्मचारीहरुको तलब सुविधा राम्रो मानिन्छ । बैंकहरुले कर्मचारी खर्चको लागि छुट्याएको रकम पनि मोटो नै देखिएको हो ।

चालु आर्थिक वर्षको पौष मसान्त सम्ममा बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी खर्च बापत ३२ अर्ब ३५ करोड रकम छुट्याएका देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्यांक अनुसार पौष मसान्त सम्ममा २० वटा वाणिज्य बैंकहरुको २८ अर्ब ४७ करोड रुपैयाँ कर्मचारी खर्चका लागि छुट्याएका छन् ।

त्यस्तैगरी, विकास बैंकहरुले पौष मसान्त सम्ममा ३ अर्ब ८ करोड रकम कर्मचारी खर्चका लागि छुट्याउदा फाइनान्स कम्पनीहरुले ७९ करोड मात्र छुट्याएका छन् ।

चालु आर्थिक वर्षको ६ महिना अवधिमा नेपाल बैंक लिमिटेडले १ अर्ब ८२ करोड रुपैयाँ कर्मचारी खर्चका लागि छुट्याएको छ ।

राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब ७ करोड, नबिल बैंकले १ अर्ब ८६ करोड रुपैँया कर्मचारी खर्चका लागि छुट्याएका राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ५२ करोड, स्टयाण्डर्ड चार्टड बैंकले ५४ करोड, हिमालयन बैंकले १ अर्ब ५७ कारोड, नेपाल एसबीआई बैंक ७३ करोड, एभरेष्ट बैंक ९१ करोड, एनआईसी एसिया बैंकले १ अर्ब ७३ करोड रकम कर्मचारी खर्चका लागि छुट्याएका छन् ।

माछापुच्छ्र्रे बैंक लिमिटेडले १ अर्ब १३ करोड कर्मचारी खर्चका लागि छुट्याएका कुमारी बंैक लिमिटेडले १ अर्ब ९२ करोड कर्मचारी खर्चका लागि छुट्याएको सार्वजनिक भएको तथ्यांकले देखाएको हो ।

त्यस्तै लक्ष्मी सनराईज बैंकले १ अर्ब ८७ करोड, सिद्धार्थ बैंकले १ अर्ब ३५ करोड, कृषि बिकास बैंकले १ अर्ब ८१ करोड, ग्लोबल आईएमी बैक १ अर्ब ८४ करोड, सिटिजन्स बैंकले ८३ करोड, प्राइम कमर्सियल बैंकले ८५ करोड कर्मचारी खर्चका लागि छुट्याएको राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्यांकले देखाएको छ ।

एनएमबी बैंकले १ अर्ब ३३ करोड कर्मचारी खर्चका लागि छुट्याउँदा प्रभु बैंकले १ अर्ब ८७ करोड र सानिमा बैंकले ८२ करोड कर्मचारी खर्चका लागि छुट्याएका छन् ।

प्रतिक्रिया

हेडलाइन्स