नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ८ लाख ५० हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) को संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको ८ लाख ५० हजार कित्ता सेयर आज फागुन १ गतेदेखि बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १११ रुपैयाँ तोकिएको छ। सेयर खरिद गर्न चाहने लगानीकर्ताले कम्तीमा १ लाख २५ हजार र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

इच्छुक संस्थापक सेयरधनीले आफुले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत तोकेर फागुन ९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नु पर्नेछ।

बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिट लिमिटेडको कार्यालयमा पाइनेछ र सोही स्थानमा बुझाउनु पर्नेछ।

प्रतिक्रिया

हेडलाइन्स