अन्य विदेशी मुद्राको भाउ घट्दा अमेरिकी डलरको भने बढ्यो

काठमाडौं । आज सोमबार अमेरिकी डलरको भाउ केहि बढेको छ । अमेरिकी र बहराइन दिनार बाहेक अन्य धेरैजसो विदेशी मुद्राको भाउ भने घटेको छ। अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुबेती दिनारसहितका मुद्राको विनियमदर आज घटेको हो।

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १९ पैसा छ।

हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

यही माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

आज युरो एकको खरिदर एक सय ४४ रुपैया १६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ७८ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५२ पैसा थियो।

पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ९८ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ५९ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७० र बिक्रीदर ८८ रुपैयाँ ०८ पैसा थियो।

कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ ०५ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ २७ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ २२ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ८६ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ८६ पैसा थियो।

प्रतिक्रिया

हेडलाइन्स