बैंकले जोखिममा छुट्याएको त्यो ५५ अर्ब : आगामी वित्तिय रिर्पोट बलियो देखिने संकेत

काठमाडौं । बैंक तथा वित्तिय संस्थाले आफ्नो कर्जा जोखिमको लागि करिब ५५ अर्ब रुपैयाँ बराबरको रकम छुट्याएका छन् । दोस्रो त्रैमाससम्ममाकर्जा विभिन्न किसिमको जोखिमको लागि बैंकहरुले छुट्याएको रकम विगतको वर्षहरुको तुलनामा धेरै समेत रहेको छ ।

नेपालको बैंक तथा वित्तिय संस्थाले गरेको कारोबार तथा भएको लगानी यदाकता बाहेक धेरै डुबेको छैन । तर पनि नियमकारी निकायले समयमा नभएको भुक्तानी तथा देखिएका अरु जोखिमको मूल्याङ्कन गर्दै विविध शिर्षकमा रकम छुट्याउनुपर्ने व्यवस्था गरेको छ । छुट्याएको धेरै रकम जोखिममा प्रयोग नहुने अहिले नै आँकलन गर्न सकिन्छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले समेत राजधानीमा आयोजित एक कार्यक्रममा यसरी छुट्याएको रकमले बैंक आफैमा बलियो देखाएको बताएका छन् ।

उनी भन्छन्, ‘त्यो रकम फिर्ता हुँदा बैंकहरुको वित्तिय सूचकमा विस्तारै राम्रो समेत देखिन्छ ।’

६ महिना अवधीमा बैंकले जोखिमको लागि छुट्याएको रकम (प्रोभिजन फर रिक्स)
४६ अर्ब ६ करोड रुपैयाँ रहेको छ ।

विकास बैंकहरुले पौष मसान्त सम्ममा ६ अर्ब ३७ करोड जोखिम प्रोभिजन रकम बापत छुट्याएको छ । त्यस्तैगरी, वित्तीय संस्थाहरुले जोखिम प्रोभिजन बापत पौष महिनामा २ अर्ब ५० करोड छुट्याएका छन् ।

चालू आर्थिक वर्षको ६ महिना अवधिमा नेपाल बैंक लिमिटेडले ३ अर्ब ८५ करोड रुपैयाँ नाफा कर्जा नोक्सानीका लागि प्रोभिजन गरेको छ ।

राष्ट्रिय बाणिज्य बैंकले ३ अर्ब ३२ करोड रकम प्रोभिजन गर्दा नबिल बैंकले २ अर्ब १२ करोड रुपैँया प्रोभिजन गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले ६ अर्ब ७ करोड, स्टयाण्डर्ड चार्टड बैंकले १ करोड, नेपाल एसबीआई बैंक १ अर्ब ५ करोड, एभरेष्ट बैंक ३ करोड, एनआईसी एसिया बैंकले ३ अर्ब ४९ करोड रकम जोखिम प्रोभिजन गरेका छन् ।

माछापुच्छ्र्रे बैंक लिमिटेडले ६५ करोड रुपैँया प्रोभिजन गर्दा कुमारी बंैक लिमिटेडले ७ अर्ब १९ करोड रकम प्रोभिजन गरेको छ ।

त्यस्तै लक्ष्मी सनराईज बैंकले ३ अर्ब ८६२ करोड, सिद्धार्थ बैंकले २ अर्ब २६ करोड, कृषि बिकास बैंकले २ अर्ब ४५ करोड, ग्लोबल आईएमी बैक २ अर्ब २० करोड, सिटिजन्स बैंकले १ अर्ब ४७ करोड, प्राइम कमर्सियल बैंकले ८६ करोड प्रभिजन रकम छुट्याइएको राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्यांकले देखाएको छ ।

एनएमबी बैंकले ८१ करोड प्रोभिजन रकम मार्फत छुट्याउँदा प्रभु बैंकले २ अर्ब ६२ करोड र सानिमा बैंकले १ अर्ब ५९ करोड प्रोभिजन रकम छुट्याएका छन् ।

त्यसैगरी राष्ट्र बैंकको तथ्यांक अनुसार हिमालय बैंक लिमिटेडको जोखिम प्रोभिजन रकम शुन्य रहेको छ ।

प्रतिक्रिया

हेडलाइन्स