शोधानान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोड रुपैयाँले बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनासम्ममा शोधानान्तर स्थिति साढे २ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पुष महिनासम्म शोधानान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोड रुपैयाँले बचतमा रहेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको थियो । गत आवको सोही अवधिसम्मको तुलनामा शोधनान्तर स्थिति ८.८७ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता १ खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो ।

यसर्थ चालु खाता पनि गत आवको सोही अवसिधम्मको तुलनामा ८.८५ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ११ करोड रुपैयाँ रहेको थियो ।

यसैगरी, समीक्षा अवधिमा ६ अर्ब ५० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) आप्रवाह ४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।

प्रत्यक्ष वैदेशिक लगानी भने गत आवको सोही अवधिसम्मको तुलनामा ४३.१७ प्रतिशतले बृद्धि भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स