अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौं । आज मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । अमेरिकी डलरसहित कुबेती र बहराइन दिनार, पाउन्ड, युरोसहितका विदेशी मुद्राको भाउ बढेको हो । तर, अस्ट्रेलियन डलरसहितका मुद्रा भने आज सस्तिएका छन्।

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४६ पैसा छ ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ २४ पैसा थियो।

यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो।

आज युरो एकको खरिदर एक सय ४४ रुपैया ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५६ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ४४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ०७ पैसा थियो।

पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ १८ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ २५ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ८२ र बिक्रीदर ८७ रुपैयाँ २० पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ८७ र बिक्रीदर ८७ रुपैयाँ २५ पैसा थियो।

कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ६७ र बिक्रीदर चार सय ४९ रुपैयाँ ६२ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ७२ र बिक्रीदर चार सय ४८ रुपैयाँ ६७ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ २७ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ १३ पैसा र बिक्रीदर तीन सय ६६ रुपैयाँ ७२ पैसा थियो।

प्रतिक्रिया

हेडलाइन्स