काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको
संस्थापक समूहको १ लाख १३ हजार २३८ कित्ता सेयर बिक्रीमा राखिएको हो।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई नै दिनुपर्ने भएकाले यो सेयर हाल बैंकका विद्यमान संस्थापकले मात्रै खरिद गर्न सक्नेछन्।
यदि तोकिएको ३५ दिनभित्र आवेदन प्राप्त नभएमा वा पूरै सेयर बिक्री नभएको खण्डमा भने सर्वसाधारणले खरिद गर्न पाउने गरी पुनः बिक्रीमा ल्याइने बैंकले जनाएको छ ।
इच्छुक संस्थापकले आफूले खरिद गर्न चाहेको सेयर र सोको मूल्य समेत खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा ३५ दिनभित्र आवेदन दिनु पर्नेछ।