यस्तो आज अमेरिकी डलरसहित अन्य विदेशी मुद्राको भाउ

काठमाडौं । आज सोमबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलरसहित बहराइन दिनारको मूल्य यथावत रहँदा अस्ट्रेलियन डलर, कुबेती दिनारसहितका मुद्राको भाउ भने घटेको छ। तर, पाउन्ड, युरोसहितका मुद्रा भने महँगिएका छन् ।

राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ २४ पैसा छ।

हिजो र अस्ती पनि पनि अमेरिकी डलरको कारोबार यहीदरमा भएको थियो।

यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो।

युरो एकको खरिदर एक सय ४४ रुपैया ४४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ०७ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ९९ पैसा थियो।

आज पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ २५ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६८ पैसा थियो।

अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ८७ र बिक्रीदर ८७ रुपैयाँ २५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ९५ र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा थियो।

आज कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ७२ र बिक्रीदर चार सय ४८ रुपैयाँ ६७ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ८० र बिक्रीदर चार सय ४८ रुपैयाँ ७५ पैसा थियो।

बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ १३ पैसा र बिक्रीदर तीन सय ६६ रुपैयाँ ७२ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ १३ पैसा र बिक्रीदर तीन सय ६६ रुपैयाँ ७२ पैसा थियो।

प्रतिक्रिया

हेडलाइन्स