सिटिजन्सको डिजिटल रेमिट सेवा : मोवाइल बैंकिङ र वालेटबाट सिधै हातमा पैसा

काठमाडौं । धेरै नेपाली विदेशमा छन् । विदेश जाने क्रम समेत निरन्तर वृद्धि भैरहेको छ । युरोप अमेरिकादेखि गल्फका देशहरुमा समेत धेरै नेपाली पुगेर रोजगारी तथा आय आर्ज गरिरहेका छन् ।

कमाएको पैसा विदेशबाट पठाउने काम समेत उनीहरुले गरिरहेकै छन् ।
पैसा पठाउने र नेपालमा प्राप्त गर्ने माध्यम धेरै छन् पनि ।

अहिलेको प्रविधिको विकाससँगै सहज ढंगबाट पैसा पठाउन भने सकिन्छ । काम गरेकै स्थानबाट पठाउन सकिन्छ र पाउनेले पनि घरमै प्राप्त गर्न सक्छन् ।

यसको सारथी हुन सक्छ सिटिजन्स बैंक । यस बैंकले अब मोवाइल बैंकिङ तथा वालेटबाट नै पैसा प्राप्त गर्नसक्ने वातावरण मिलाएको छ ।

विदेशमा रहेका नेपालीहरु सिटिजन्स बैंकको ग्राहक हुन् वा होइनन् । त्यसमा केहि फरक पर्दैन । विदेशमा रहेका जो कोहिले पनि यस बैंकको माध्यमबाट पैसा पठाउन सक्ने सक्ने छन् ।

आफू जहाँ छु त्यहाबाट पैसा पठाउन सकिने र नेपालमा जो आफन्त जहाँ छ त्यहीबाट पाउन सकिने गरि यस्तो व्यवस्था मिलाएको हो ।

यस बैंकले आफ्ना ग्राहक र बाहिर रहेका दुबैलाई डिजिटल माध्यमबाट सेवा दिनको लागि नै यस बैंकले मोवाइल बैंकिङ र वालेटबाट सेवा दिइरहेका छ ।

धेरैलाई लाग्न सक्छ पठाउने चाहि कसरी त?
सिटिजन्स बैंकका रिमिट्यान्स विभाग प्रमुख विष्णुमान श्रेष्ठका अनुसार जुन सुकै देशमा जाने कामदारले सिटिजन्सको रेमिट सेवा प्रयोग गर्नको लागि खाता भए पनि हुने र नभएपनि फरक पर्दैन ।

अहिले जुनसुकै देशमा पनि कामगर्ने कामदारको पैसा बैंक खातामा नै आउँछ । प्राय सबैजसो देशमा कामदारको तलब खाता हुन्छ । त्यो खाताको पैसालाई उनीहरुले डिजिटल माध्यमको प्रयोग गरेर पठाउन सक्ने छन् ।
यसमा पैसा पठाउने पनि फरक फरक तरिका रहेका छन् ।

कामदारले पैसा पठाउन आफ्ना खाता भएको एपमा गएर इन्टरलेशनल रेमिट्यान्स अफ्सनमा जानुपर्ने हुन्छ । त्यसबाट विभिन्न देशहरुको नाम र बैंक देखाउँछ । त्यसमा सिटिजन्स बैंकको नाम र नेपाल सेलेक्ट गर्नुपर्ने हुन्छ ।
त्यसपछि क्यास पठाउने वा एकाउण्टमा डिपोजिट गर्ने २ प्रकारको डिस्प्ले देखाउँछ ।

त्यसमा पाउने व्यक्तिहरुको विवरण भर्नुपर्ने हुन्छ । त्यो विवरण भरेपछि सेन्ड गर्न सकिने छ ।
विदेशबाट पठाएको बैंकसँग सिटिजन्स बैंकको सम्झौता रहेको खण्डमा त सिधै खातामा आउँछ ।

यदि सम्झौता छैन भने पनि पैसा चाहि आउँछ नै । कुनै एक रेमिट्यान्स एजेन्ट माफर्त पैसा आउँछ ।
उताबाट डिजिटल्ली नपठाउने हो भने पनि यताबाट भुक्तानी भने डिजिटल रुपमा पाउन सकिन्छ ।

वा परम्परागत रुपमा पठाएको हो भने पनि पैसाको पिन नम्बर पाइन्छ । त्यो पिन नम्बर यहाँ पैसा पाउने व्यक्तिलाई टिपाइ दिनुहुन्छ । त्यो त्यहि पिन नम्बरको आधारमा पैसा पाउन सकिन्छ । त्यो पिन नम्बर लिएर सिटिजन्स बैंकको शाखा वा एजेण्डमा गएर लिन सकिने छ ।

यदि त्यो पैसा समेत डिजिटल्ली नै भुक्तानी लिने हो भने सिटिजन्स मोवाइल बैंकिङ वा वालेटबाट रेमिट्यान्स अफ्सनमा गए त्यहाँ सिटिजन्स बैंक सेलेक्ट गर्ने त्यहाँ पैसा पठाउने व्यक्तिले पठाएको पिन नम्बर र आवश्यक विवरण भरे पछि घरमै बसेर पैसा पाउन सक्ने व्यवस्था गरिएको छ ।

सिटिन्जस बैंकको सेवा विस्तार कस्तो छ त?
बैंकका विभिन्न १९७ ब्रान्च, बैंकका २०,००० भन्दा बढी एजेन्ट छन् । डिजिटल प्रणाली पनि छ । सिटिजन्स रेमिटबाट २४सैं घण्टा पैसा प्राप्त गर्ने सुविधाः करिब ५० राष्ट्रबाट सजिलै पैसा प्राप्त सकिने व्यवस्था मिलाएको छ ।

 

 

प्रतिक्रिया

हेडलाइन्स