सिद्धार्थ बैंकका ग्राहकहरुलाई हार्ड रक क्याफे काठमाडौंमा १०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र हार्ड रक क्याफे काठमाडौंबीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले दरबारमार्ग स्थित हार्ड रक क्याफे काठमाडौंमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेज(नन्–अल्कोहलिक) मा १०% सम्मको छुट प्राप्त गर्न सकिने छ ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहनेगा्रहक सेवा
केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सकिने छ ।
फोन : ०१-५९७००२०
ईमेलः customercare@sbl.com.np

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

हेडलाइन्स