काठमाडौं । चालू आर्थिक वर्षको दास्रो त्रैमासमा धेरै बैंक तथा वित्तिय कम्पनीहरु नीति विपरित चलेको देखिएको छ । दोस्रो त्रैमासमा भएको कार्यहरु नेपाल राष्ट्र बैंकले मूल्याङकन गर्दा धेरै कम्पनी तोकिएको मपदण्ड भन्दा बाहिर गएर वित्तिय कारोबार गरेको पाएको हो ।
तेस्रो त्रैमास सुरु भएपछि पहिलो पटक सचेत गराउने कम्रममा धेरै बैंक तथा वित्तिय कम्पनीहरु परेका छन् ।
मंगलबार मात्रै तीन वटा वाणिज्य बैंक नै कारवाहीको दायररामा परेका थिए । हिलमान बैंक लिमिटेड , प्रभु बैंक लिमिटेड र एनआईसी एशिया बैंक कारवाहीमा परेका हुन् ।
आज पुन राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई कारवाही गरेको छ ।
जसमा दुई विकास बैंक र दुई फाइनान्स कम्पनीले वित्तिय अनुशासनहिन काम गरेको पाइएको हो ।
राष्ट्र बैंकका अनुसार गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, पोखरा र सेन्ट्रल फाइनान्सले अनुशासनहिन काम गरेको पाइएको हो ।
स्थलगत निरीक्षणको क्रममा पोखरा फाइनान्सको सञ्चालक समितिले कालोसूची मै रही रहेका ऋणीलाई व्यक्तिगत अधिविकर्ष कर्जा प्रवाह गरेको पाइएको छ ।
संस्थालाई नेपाल राष्ट्र बैक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को खण्ड (क) बमोजिम गरिमा विकास बैंकलाई सचेत गराइएको छ ।
कर्णाली डेभलपमेन्ट बैंक निक्षेपकर्ताको बचत रकम भुक्तानी गर्न उल्लेखनीय रुपले असमर्थ रहेको हुँदा संस्थाको सञ्चालक समितिको निर्णय सहित नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ क अनुसार यस बैंकलाई जानकारी गराई उपचारात्मक कारवाही तथा सहयोगको लागि अनुरोध गरेका देखिएको हो ।
सेन्ट्रल फाइनान्सले २०८१ मंसिर ०८ देखि २०८१ पुस १३ सम्मको अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको पाइएको छ ।
त्यस्तै गरि पोखरा फाइनान्सले स्थलगत निरीक्षणको क्रममा संस्थाको सञ्चालक समितिले आफै वा आपूm अन्तर्गतका समितिहरु मार्फत पर्याप्त निगरानी नगरेको कारण संस्था समस्याउन्मुख अवस्थामा पुग्न गएको हुँदा सो सम्बन्धमा संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजम सचेत गगराएको जनाएको छ ।
त्यस्तै गरि ७ वटा फाइनान्स कम्पनी ले सुहलियक कर्जाकै दुरुपयोग गरेको पाइएको छ । दुरुपयोग गर्नेमा समृद्धि फाइनान्स कम्पनी , पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स ,आइसिएफसि फाइनान्स ,जानकी फाइनान्स कम्पनी ,. सेन्ट्रल फाइनान्स , रिलायन्स फाइनान्स र गुडविल फाइनान्स देखिएका राष्ट्र बैंकले जनाएको छ ।
यी कम्पनीहरुले पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले पेश गरेको प्रतिवेदनमा संस्थाहरुबाट प्रवाह भएका कर्जाहरुमध्ये दुरुपयोग भएको आन्तरिक लेखा परीक्षणकमै देखिएको राष्ट्र बैंकले जनाएको छ ।
दुरुपयोगको आशंका भनी कैफियत जनाएका कर्जाहरुको सम्बन्धमा सम्बन्धित संस्थाले सो संस्थाको आन्तरिक लेखा परीक्षणकबाट तयार गरी यस बैंकमा पेश गरेको प्रतिवेदनमा खुलाइएको छ ।
यी फाइनान्स कम्पनीबाट प्रवाह भएका केही सहुलियपूर्ण कर्जा सदुपयोग पुष्टि गरि सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
कम्पनीका सीईओलाई नै सचेत गराइएको हो ।