काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्म बैंकले ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा १०.८७ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा बैंकले ३७ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी भने २४.८२ प्रतिशतले बढेर १ अर्ब २९ करोड रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा भने १८.५५ प्रतिशतले घटेर ४८ करोड ३० लाख रुपैयाँमा झरेको छ । बैंकको वितरणयोग्य नाफा २२ करोड ८२ लाख रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा दर २.६२ प्रतिशतबाट बढेर ४.४० प्रतिशत पुगेको छ ।
४ अर्ब ८७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ९० करोड रुपैयाँ जम्मा रहेको छ ।
समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १३.५७ रुपैयाँ (वार्षिक), प्रतिसेयर नेटवर्थ भने १४३.७४ रुपैयाँ रहेको छ ।