‘कर्जा असुली तनावपूर्ण बन्दै गयो’

काठमडाौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकहरू नाफामा देखिएपनि वितरणयोग्य नाफा भने नकारात्मक रहेको बताएका छन् । आज संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकहरू ४७ अर्ब ४३ करोड नाफामा देखिएपनि वितरण योग्य नाफा भने घाटामा रहेको बताएका हुन् ।

‘वाणिज्य बैंकहरूमात्रै यो अवधिसम्म ४७ खर्ब २६ अर्ब लगानी गरेर जम्मा २७ अर्ब रुपैयाँ नाफा कमाएका हुन्,’ उनले प्रतिप्रश्न गरे ‘यो नाफा कति प्रतिशत हो । अझै बैंकहरूको वितरणयोग्य नाफा अझै ३ अर्ब ७९ करोड रुपैयाँ नकारात्मक छ ।


अध्यक्ष कोइरालाले कर्जा असुली तनावपूर्ण बन्दा त्यसको असर बैंकहरूको खुद नाफामा परेको बताए। कर्जा रिकभरि हुन गाह्रो भएको छ । खराब कर्जा बढ्दै जानु भनेको कर्जा समयमा नउठ्नु हो ।’ उनले रिकभरीमा स्थानिय तहले सहयोग नगरेको बताए ।

तर, स्थानीय तहले घर बाटो सिफारिस दिन ढिलाइ गरिरहेका छ्न । उहाँहरुको पनि आफ्नो लिमिटेसन होला तर यसले बैंक रिकभरीमा असर परिरहेको छ ।’

अध्यक्ष कोईरालाका अनुसार रिकभरीमा जादा बैंकका कर्मचारीहरु असुरक्षित हुने अवस्था आएको छ । बैंकरको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष कोइरालाले बताए ।

खाली बैंकले गरेको नाफालाई मात्रै हेर्न नहुने उनले बताए । कर्जा लगानी हुन सकेको छैन । कर्जा लागनी हुन नसक्दा राष्ट्र बैंकले सस्तो ब्याजदरमा पैसा तानिरहेको अवस्था छ । बैंकहरू लगानी त आतुर भएको उनको धारणा छ । जलविद्युत क्षेत्रमा केहि प्रपोजल आएपनि त्यो लगानी भनेको आजको भोलिनै हुने होइन । समय लागछ । अन्य क्षेत्रबाट त्यति माग आएको छैन,’ उनले थपे ।

‘कर्जा प्रवाह गर्न सकेका छैनौँ। यो अवस्थामा हामीले कर्जा असुल्न पनि नसक्दा त्यसको असर वासलातमा देखिएको छ’ उनले भने।

अध्यक्ष कोइरलाले अर्बमा नाफा देखिएपनि बढ्दो खराबकर्जा र त्यसले बढाएको कर्जा नोक्सानी व्यवस्था लगायतले बैंकको नाफा खुम्च्याएको बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले निस्कृय कर्जा (एनपीएल) बढेपनि बैंकहरूले सोही अनुरुप प्रोभिजिङ गरेको हुनाले आत्तिन नपर्ने बताए । नेपाली बैकिङ क्षेत्र बलियो रहेकोले सकारात्मक पक्षलाई हेर्नुपर्ने उपाध्यक्ष रेग्मीले बताए ।

‘यो भनेको कहिले बढ्छ, कहिले घट्छ, नियमित प्रक्रिया जस्तै हो,’ उनले भने ‘औषतमा एनपीएल ४.४९ प्रतिशतमा छ यसबाट आत्तिहाल्नुपर्ने देखिँदैन ।’

बैंकहरूको कुल एनपीए बढेपनि खुद एनपीए २ प्रतिशत तल रहेको पनि उनले स्पष्ट पारे। उनले स्थानीय तहले आवश्यक समन्वयन नगरिदिँदा कर्जा असुलीका लागि लिलामी प्रकृयामा समेत समस्या देखिँदा बैंकहरूको गैर बैकिङ सम्पत्ति व्यवस्थापनमा चुनौति देखिएको छ ।

 

 

प्रतिक्रिया

हेडलाइन्स