काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्म बैंकले १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ९६.१० प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा बैंकले १० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकले ९१ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा २.९७ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा बैंकले ९४ करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको सञ्चालन नाफा भने ९५ प्रतिशतले बढेर २८ करोड ३२ लाख रुपैयाँ कायम भएको छ । बैंकको खराब कर्जा भने ०.१० प्रतिशत विन्दुले बढेर ४.९९ प्रतिशत कायम भएको छ ।
३ अर्ब ४३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ४८ करोड रुपैयाँ जम्मा रहेको छ ।
त्यस्तै, बैंकको वितरणयोग्य नाफा भने २५ करोड २५ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११.४६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५०.७१ रुपैयाँ रहेको छ ।