नेपालको बैंकिङ क्षेत्र बलियो छ, आत्तिनुपर्दैन : अध्यक्ष कोइराला

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नेपालको बैंकिङ क्षेत्र बलियो रहेको बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कोइरालाले यस्तो बताएका हुन्।

अध्यक्ष कोइरालाले भने, ‘कर्जा असुली राम्रो सँग हुन सकेको छैन भने रिकभरिमा जाँदा दुर्वव्यवहार भइरहेको स्थिति छ। यद्यपि यी कठिनाइका बाबजुद बैंक क्षेत्रलाई निरन्तर अगाडि बढाउनुपर्ने आवश्यकता छ।’

उनले कर्जा असुलीका लागि जाँदा कर्मचारी दुर्वव्यवहारमा पर्ने गरेका कारण पनि बैंकहरुमा थप चुनौती थपिएको बताए । यो समग्र चुनौतीका बाबजुद यस क्षेत्रलाई निरन्तर अगाडि बढाउनुको विकल्प नभएको बताए ।

पत्रकार सम्मेलनमा संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बजारमा लगानीकर्ताको मनोबल विस्तारै उकास्दै लैजान आवश्यक रहेको बताए ।

कर्जा असुलीमा देखिएको समस्या र बैंकका कर्मचारीले भोग्नुपरेको समस्यालाई सरकारले काम गरिरहेको र थप गर्न आवश्यक भएको उनको तर्क छ। एकातर्फ कर्जा प्रवाह नभएको र अर्कोतर्फ कर्जा असुली राम्रो ढंगमा नचल्दा त्यसले बैंकहरुलाई चुनौती थपेको शर्माको भनाइ छ।

प्रतिक्रिया

हेडलाइन्स