काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको
विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ३३ हजार ८५२ कित्ता सेयर बिक्रीमा राखिएको हो।
बैंकले उक्त सेयर यसअघि नै संस्थापक सेयरधनीलाई प्राथमिकता दिई बिक्रीमा राखेको थियो। तर तोकिएको म्यादसम्म सेयर बिक्री नभएपछि सर्वसाधारण व्यक्ति वा संघसंस्थाले किन्न पाउने गरी पुनः बिक्रीमा राखेको हो।
उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आफूले किन्न चाहेको सेयर विवरण खुलाई ७ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ।