काठमाडौं । आज शुक्रबार अमेरिकी डलरको भाउ केहि बढेको छ । हिजो केही घटेको अमेरिकी डलरको मूल्य आज फेरि बढेको हो ।
आज कुवेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहितका मुद्राको मूल्य पनि बढेको छ। यी मुद्राको मूल्य हिजो पनि बढेको थियो।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७९ पैसा छ ।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ पैसा थियो।
अस्ति बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो।
युरो एकको खरिदर एक सय ४२ रुपैया १७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७९ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैया १२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७४ पैसा थियो।
पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४१ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ३४ पैसा थियो।
आज अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ८३ र बिक्रीदर ८६ रुपैयाँ २० पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ५६ र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा थियो।
कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ७४ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ७७ पैसा र बिक्रीदर चार सय ४८ रुपैयाँ ७२ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ २० पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ ४० पैसा थियो।