मोवाइल बैंकिङबाट कारोबार निरन्तर वृद्धि हुँदै, ५ महिनामा ३ अर्ब ७३ अर्बको कारोबार

काठमाडौं । मोवाइल बैंकिङको प्रयोग निरन्तर विस्तार हुँदै गैरहेको छ । हरेक वर्ष मोवाइल बैंकिङको प्रयोगकर्ता र कारोबार वृद्धि हुँदै गैरहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको हो ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ । जस अनुसार गत वर्षको यहि अवधी भन्दा अहिले मोवाइल बैकिङ कारोबार बढेको हो ।

गत आर्थिक वर्षको मंसिर मसान्त सम्ममा २ करोड २६ लाख प्रयोगकर्ता रहेकोमा अहिले २ करोड ६० लाख पुगेको छ । एकै व्यक्ति धेरै मोवाइल बैकिङ प्रयोग कर्ता हुँदा पनि यो तथ्याङ धेरै देखिएको हो । तथापी संख्या भने वृद्धि भैरहेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङक अनुसार कारोबार पनि सोहि मात्रामा वृद्धि भैरहेको छ ।
गत आर्थिक वर्षको मंसिर मसान्तसम्ममा मोवाइल बैंकिङमा ३ करोड १३ लाख पटक कारोबार हुँदा २ खर्ब ६३ अर्ब रुपैयाँको भुक्तानी भएको थियो ।

तर चालू आर्थिक वर्षको ५ महिना अवधीमा ४ करोड ५६ लाख पटक कारोबार हुँदा ३ अर्ब ७३ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको हो ।

प्रतिक्रिया

हेडलाइन्स