काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । बिहीबार, नेपाल एसबीआई बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
जसमा कम्पनीको ३.८० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ४४२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ४२५.८२ रुपैयाँ कायम भएको छ ।
योसँगै, अब आइतबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।