काठमाडौं । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले २२ लाख ४३ हजार ७ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १० लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा पुस १८ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री मुक्तिनाथ क्यापिटल, नारायणचौर नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।