ऋण नतिर्नेले नाफा कमायो भनेर गलत व्याख्या गर्दा बैंकको कर्जा असुलीमा समस्या देखियो : गर्भनर अधिकारी

काठमाडौं । ऋण नतिर्नेले बैंकले नाफा कमायो भनेर गलत व्याख्या गर्दै बैंकविरोधी आवाज उठ्न थालेपछि कर्जा असुलीमा समस्या देखिएको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् । नेपाल राष्ट्र बैंकको नीतिको कारणले समस्या भएको भनिएपनि त्यो कारण नभएको बताएका हुन् ।

नेपाल बैंकर्स संघको साधारणसभामा उनले भने ‘राष्ट्र बैंकले ल्याउने नीतिहरुका कारण समस्या नहुने र भएको पनि छैन ।’

नीति सधैँ उस्तै रहन सक्दैन । नीतिको फेरबदली भइरहँदा समस्या भयो भन्नु गलत हो । समय, अर्थतन्त्र र कर्जाको अवस्था हेरेर नीति परिवर्तन भइरहनुपर्छ । यसलाई गलत व्याख्या गरेको उनको भनाइ छ ।

राष्ट्र बैंकको कारण लाभांश दिन पाएनौँ भन्नु बैंकहरूको आरोप मात्रै हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कारण लाभांश दिन पाएनौँ भन्नु बैंकहरूको आरोप मात्रै भएको बताएका छन् ।

नेपाल बैंकर्स संघको साधारणसभामा बैंकका प्रमुख कार्यकारी अधिकारीकै सामु गभर्नर अधिकारीले उक्त कुरा बताएका हन् ।
उनले भने, नेपाल राष्ट्र बैंकको कारण लाभांश दिन पाएनौँ भन्नु बैंकहरूको आरोप मात्रै हो । आफ्नो क्षमताअनुसार दिने हो ।

बैंकिङ क्षेत्रमा धेरै उतारचढावका बीच पनि राष्ट्र बैंकले वित्तीय स्थायित्व कायम गर्न सकेको उनको भनाइ थियो । केही बाह्य कारणले बैंकिङ क्षेत्रमा असर परिरहेको उनले बताए ।

यतिधेरै उतारचढाव को समयमा पनि हामीले वित्तीय स्थायित्व कायम गर्न सकेको छौँ। तर अहिले केही बाह्य कारणलेbanner बैंकमा असर परिरहेको छ, अर्थतन्त्रको कारण । कार्यक्रममा उनले प्रशस्त तरलता रहेको र वित्तीय सूचक पनि राम्रो रहेकाले डर मान्नुपर्ने नरहेको बताए । पछिल्लो समय बढिरहेको खराब कर्जाप्रति उनले चिन्ता व्यक्त गरे । यसका लागि कर्जा असुलीमा ध्यान दिन बैंकहरुलाई संकेत गरे । राष्ट्र बैंकले पनि यसलाई सुधार्न काम गरिरहेको उनको भनाइ छ । खासगरी बैंकिङ प्रणालीमा बाहिरी थ्रेट आइरहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स