काठमाडौं । डिजिटल बंैकिङलाई उच्च प्राथमिकतामा राख्दै विगत अठार वर्ष देखि आम नेपाली सर्वसाधारण गा्रहकहरु माझ सर्वसुलभ बैंकिङ सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुमति पश्चात नेपालमै पहिलो पटक सिटिजन्स मोबाइल बैंकिङ एप्प मार्फत नै ‘सेयर आवेदन र सिआरएन नम्बर’ सेवा लिन सकिने व्यवस्था मिलाएको छ ।
सिटिजन्स मोबाइल बैंकिङ एपप मार्फत ग्राहकहरूले सिधै आईपीओ एफपीओ हकप्रद सेयरका लागि आवेदन दिन सक्नुका साथै सिआरएन नम्बरको लागि समेत आवेदन दिन सक्नेछन् । कारोवार सफलताको जानकारी ग्राहकवर्गले रियल टाइम मा नै प्राप्त गर्न सक्नेछन् ।
आईपीओ एफपीओ हकप्रद सेयर आवेदनको भेरिफीकेशन वा रिजेक्शनको रियल टाइम रेष्पोन्स र रियल टाइम सिआरएन नम्बर उपलब्धता पश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र भंmझट मुक्त सुविधा प्राप्त गर्न सकिने विश्वास बैंकले लिएको छ । ग्राहकहरूलाई अझ सरल र प्रभावकारी सेवा प्रदान गर्न यस व्यवस्थाले ठूलो भूमिका खेल्नेछ र यसले कर्मचारीको कार्य दक्षता र ग्राहक सन्तुष्टिमा महत्वपूर्ण सुधार ल्याउनेछ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।