काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) को संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको ९८ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो।
बैंकले बैंककै अन्य संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र काठमाडौंको बानेश्वरस्थित निफ्राको रजिष्टर्ड कार्यालयमा रहेको कानून विभागमा लिखित निवेदन दिनु पर्नेछ।
उक्त सेयर बिक्री गर्ने संस्थापक सेयरधनी एनआईसी एशिया बैंक लिमिटेड हो। तोकिएको म्यादभित्र संस्थापकबाट पर्याप्त आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ।