काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको ६.३५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने घोषणा गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।