शाइन रेसुंगा डेभलपमेन्ट बैंकद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा पुस १९ गते ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड प्रा.लि.मणिग्राम, रुपन्देहीमा बिहान ११ बजे डाकेको हो ।

सभामा बैंकले ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद (कर सहित) लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, सञ्चालक समितिमा संस्थापकका तर्फबाट ३ जना र सर्वसाधारणका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा रहेको छ ।

बैंकले सभा प्रयोजनका लागि पुस ३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स