सिद्वार्थ बैंकको लाभांश घोषणा

काठमाडौं । सिद्वार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स