अमेरिकी डलरको भाउ हालसम्म कै उच्च, अन्य कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज बिहीबार अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बनेको छ । पाउन्ड, बहराइन दिनारसहितका मुद्राको पनि मूल्य बढेको छ । तर, अस्ट्रेलियन डलर, युरो, कुवेती दिनारसहितका मुद्रा भने सस्तिएका छन्।

राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ पैसा छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८० पैसा थियो।

गत मंगलबार (मंसिर १८ गते) अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८२ पैसा पुगेर हिजो थोरै घटेको थियो।

आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७४ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८८ पैसा थियो।

पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १९ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ९८ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ८० र बिक्रीदर ८७ रुपैयाँ १८ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७२ र बिक्रीदर ८८ रुपैयाँ ११ पैसा थियो।

कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ७४ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ६९ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ८९ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ८४ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ८० पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ३९ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ५८ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ १७ पैसा थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स