डुब्न लागेको कर्णाली विकास बैंकले ग्राहकलाई आश्वस्त पार्दै

काठमाडौं । नेपाल राष्ट्र बैकले निक्षेप संकलन तथा कर्जा प्रवाहमा रोक लगाएको कर्णाली विकास बैंकले आज प्रेस विज्ञप्ती जारी गरेर आफ्ना ग्राहकहरूलाई आश्वस्त पारेको छ । राष्ट्र बैंकले मंसिर ११ गते सूचना जारी गर्दै बैकिङ कारोबार गर्न रोक लगाएपछि बैंकले भने ग्राहकहरुको नियमित बैंकिङ काम कारवाहीमा असर नगर्ने, निर्वाध कारोबार गर्न सक्ने र बैंकको सीडी रेसियो समेत कम्फर्टेबल रहेको बताएको छ । बैंक कम्फर्टेबल पोजिशनमा भएको बैकका प्रमूख कार्यकारी अधिकृत निरज बिक्रम शाहद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

हुँदा भुक्तानीमा कुनै समस्या नरहेको व्यहोरा जानकारी गराउदै यस्ता भ्रम पूर्ण अति रंजित समाचारको भ्रममा नपर्नु हुन र विस्तृत जानकारीका लागि नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा अध्ययन गर्न हुन सादर अनुरोध गर्दछौं ।

बैंकले प्रेस विज्ञप्तीमा भनेको छ ‘मिति २०८१/०८/११ गते नेपाल राष्ट्र बैंकबाट आधिकारिक वेबसाइटमा यस संस्थाका सम्बन्धमा प्रकाशित सूचनालाई केही अनलाइन माध्यमबाट फरक–फरक दृष्टिकोणले तोड मरोड गरी द्वेषपूर्ण ढंगले बैंकलाई बदनाम गराउने दुस्प्रयास गरेकाले यता र असन्तुलित समाचारको भ्रममा नपर्न हामी हाम्रा ग्राहक, शुभचिन्तक र आम जनतामा सादर आग्रह गर्दछौं ।’

नेपाल लगायत विश्वभरी फैलिएको कोभिड १९ महामारीको पहिलो तथा दोस्रो लहर र महामारी पछिको असरका कारण सृजित आर्थिक मन्दीका कारण आर्थिक गतिविधि शिथिल भएका कारण देशभरीका बैंक तथा वित्तीय संस्थाहरुको कर्जा असुली प्रक्रियामा प्रतिकुल प्रभाव परेको त सर्वविदितै छ ।

सो सम्बन्धमा यस बैंकबाट कर्जा असुलीका सम्पूर्ण औजार . प्रयोग गर्दा समेत आर्थिक मन्दी, घर, जग्गा कारोबारमा आएको मन्दी अवान्छित कार्य गर्ने समूहको अवरोध आदिका कारण कर्जा असुली हुन नसकेकोले निष्कृय कर्जा बढेका कारण नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाको शिघ्र सुधारात्मक कार्यवाही सम्बन्धी विनियमावली –२०७४ बमोजिम निष्कृय कर्जा असुली गरी सुधार गर्नका लागि कर्जा तथा बचतमा पर्याप्त सिमाभित्र रही कारोबार गर्ने गरी शिघ्र सुधारका लागि कारवाही गरिएको हुँदा यस बैंकको कारोबारमा रोक नलगाईएको र बैंकको कर्जा असुली लगायत नियमित बैकिङ कारोबार भई रहेको व्यहोरा स्पष्ट पार्न चाहन्छौं । नेपाल राष्ट्र बैंकको स्थलगत निरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको न्यूनतम प्राथमिक पूँजी कोष अनुपात क्रमशः ५२.५९ प्रतिशत देखि २५.८७ प्रतिशत ऋणात्मकमा झारेको छ । जस अनुसार प्राथमिक पूँजी कोष अनुपातमा ५०.७१ प्रतिशत हासिल समेत गरिसकेको छ ।

त्यस्तै, आर्थिक बर्ष २०७९/८० देखि २०८०/८१ मा बैंकले निष्कृय कर्जा क्रमशः ५९.३९ प्रतिशत बाट ४०.८५ प्रतिशतमा घटाएको छ । जुन ३१.२२ प्रतिशतले हासिल गरेको हो । कर्जा निक्षेप अनुपात (ऋम् च्बतष्य) आर्थिक बर्ष २०७९/८० मा ६६.१३ प्रतिशत रहेकोमा २०८०/८१ मा ५५.०२ प्रतिशत मात्र रहेको छ ।

तरल सम्पत्ति /कुल निक्षेप अनुपात आर्थिक बर्ष २०७९/८० मा ३३.०१ प्रतिशतबाट बढेर आर्थिक बर्ष २०८०/८१ मा ३९.१० प्रतिशत कायम राखेको छ । जसले तरलता व्यवस्थापनमा कर्णाली डेभलपमेण्ट बैक लि. को सक्रियताका साथै निक्षेप कर्ताहरुका रकमहरुको सुरक्षमा उच्च प्राथमिकता रहेको कुरा दर्साउँछ ।

हाल आर्थिक गतिविधिमा सुधार आएसंगै २०८१ आषाढ मसान्तसम्ममा निष्कृय वर्गमा रहेका कर्जाहरु २०८१ को असोज मसान्तसम्ममा असुल उपर भै निष्कृय कर्जा २९.४९ प्रतिशत कायम राख्न सफल भैसकेको छ । अन्य निष्कृय कर्जाहरु केही निकट भविष्यमा नै असुल उपर हुने प्रक्रियामा रहेको हुँदा छोटो अवधिमा नै सुधार गरी कारवाही फुकुवा प्रक्रियामा जाने व्यहोरा सबैमा जानकारी गराउंदछौं ।

उक्त कारवाहीले यस बैंकका ग्राहकहरुको नियमित बैकिङ काम कारवाहीमा असर नगर्ने, निर्वाध कारोबार गर्न सक्ने र बैंकको सीडी रेसियो समेत कम्फर्टेबल रहेको हुँदा भुक्तानीमा कुनै समस्या नरहेको व्यहोरा जानकारी गराउदै यस्ता भ्रम पुर्ण अति रंजित समाचारको भ्रममा नपर्नु हुन र विस्तृत जानकारीका लागि नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा अध्ययन गर्न हुन सादर अनुरोध गर्दछौं ।

यस बैंक नेपाल राष्ट्र बैंकको नीति नियमको परिधिभित्र रही कार्य गर्दछ र जारी निर्देशन सदैव पालना गरेर कार्य गर्दछ । नेपाल राष्ट्र बैंकको नीति नियमको परिधिभित्र रहेर बैंक हिडेको हामी सबैमा आश्वस्त बैंकले पारेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स