एनआइएमबि एस क्यापिटलको लाभांश घोषणा, साधारण सभा आह्वान

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।

क्यापिटलको मंसिर १३ गते बसेको सञ्चालक समिति बैंठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।

साथै, कम्पनीले लाभांश प्रस्तावसहित पुस ५ गते साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले सभा क्यापिटलको सभा हल लाजिम्पाट, काठमाडौंमा बिहान साढे ११ डाकेको हो । कम्पनीले सभामा लाभांश प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स