अमेरिकी डलरको भाउ फेरि बढ्यो, अन्यको कति ?

काठमाडौं । आज बिहीबार अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। बुधबार महँगिएका यी मुद्रा आज झन् महँगिएका हुन्।

तर, अस्ट्रेलियन डलरसहित केही मुद्रा भने सस्तिएका छन्। बुधबार घटेको अस्ट्रेलियन डलरको मूल्य आज थप घटेको हो ।

राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४५ पैसा छ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ २३ पैसा थियो।

आज युरो एकको खरिदर एक सय ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ३६ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ११ पैसा थियो।

पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६९ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ६६ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६९ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ०६ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ २९ र बिक्रीदर ८७ रुपैयाँ ६८ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ३० र बिक्रीदर ८७ रुपैयाँ ६९ पैसा थियो।

कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ४२ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ५८ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ५३ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ८० पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ३९ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ११ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ७० पैसा थियो।

प्रतिक्रिया

हेडलाइन्स